Logo

मंगलवार, कार्तिक ११ गते २०८३

अझै टुकीको भरमा रात कटाउन बाध्य छन् बुलिङटारबासी

अझै टुकीको भरमा रात कटाउन बाध्य छन् बुलिङटारबासी

  • समाचार
  • जेठ ४, २०८० बिहिवार २२:१२ बजे
  • 484
    SHARES
  • बुलिङटार । नवलपरासी पूर्व सुगम जिल्लामा गनिन्छ । तर सुन्दा अचम्म लाग्न सक्छ, यही सुगम जिल्ला भित्र पनि थुप्रै दुर्गम ठाउँहरु छन्, जहाँ अहिलेसम्म बिजुली बत्ति पुगेको छैन । त्यहाँका जनता अझै पनि टुकी मुनि रात काटाउन बाध्य छन् ।  यही मध्येको एक हो( पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ।

     यहाँ राष्ट्रिय प्रशारण लाइन जोडिएको छैन । केही व्यक्तिले सोलार जडान गरेका छन् भने वडा नम्बर १, ३ लगायत स्थानमा लघुवित्तको विजुली (बिहान र बेलुका मात्र) बलेको छ । बाँकी माथिल्लो भागमा टुकी बाल्नु परेको बुलिङटारका स्थानीय शिक्षक लोकप्रसाद रामदामले बताए । 

    बुलिङटार वडा नम्बर २ का अध्यक्ष कमलराज बकावल मगरले पनि बिजुली नपुगेको सत्य भएको बताए । उनका अनुसार हुनेखानेहरुले सोलार जडान गरेका छन् । अन्य व्यक्तिहरु बिजुलीको पर्खाइमा रहेको बताए । 

     वडाअध्यक्ष मगरका अनुसार बिजुलीको समस्या माथिल्लो भेगमा भन्दा पनि करिडोरको बाटोले छोएको तल्लो भेगमा  बढी छ । माथिल्ले भेगमा सुन्तला,  अदुवा, टिमुर, आलु आदीबाट आम्दानीको राम्रो श्रोत भएपनि तल्लो भेगमा आम्दानीको श्रोत पनि नहुँदा स्थानीय बढी समस्यामा रहेको उनको भनाइ छ । 

    यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला लगातार चार पटक सम्म निर्वाचित भए । प्रभावशाली नेताको छवि बनाएका नेता कोइरालाको हरेक पार्टीका केन्द्रीय स्तरका नेतासँगको सम्बन्ध र उठबस पनि राम्रै छ । 

    कोइरालाले हरेक चुनावमा राष्ट्रिय प्रशारण लाइनको मुद्धा उठाउने प्रतिवद्धता व्यक्त गर्दै चुनाव जित्ने गरेको स्थानीय शिक्षक लोकप्रसाद रामदामको भनाइ छ । तर चुनाव जितेपछि चुनावका बेला उठाएका बाचा पनि बिर्सने प्रवृति नेता कोइरालामा पनि देखियो । 

     

    श्रोत : रातोपाटी

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend