Logo

मंगलवार, कार्तिक ११ गते २०८३

१०७ बर्षको उमेरमा बराल आमाले छोडिन् धर्ती

१०७ बर्षको उमेरमा बराल आमाले छोडिन् धर्ती

  • समाचार
  • बैशाख ३१, २०८० आइतवार ०६:३४ बजे
  • 4.7K
    SHARES
  •    सिन्धुली। दुधौली न.पा.१  ,सिन्धुली कि  बराल वंशमा सबै भन्दा लामो समय सम्म समाज सेवा गर्दै शान्तिको बाटो देखाउने  बाल कुमारी बराल आमा ले २०८०-१-३० राति १०:२० बजे सन्सार छोडेकी छिन्।

        बराल आमाले १०७ बर्ष सम्म आफ्नो गाउँका सबै गाउँले बासिन्दा लाई सहयोग गर्न गरेको र सबैलाई दशैं जस्ता चाडपर्वमा टिका लगाएर आशिर्वाद दिने गरेको गाउँलेको भनाइ छ।

        गाउँका अग्रज का अनुसार दसैंमा उनिका टिका लगाई आशिर्वाद लिनेको पुर्णीमाको दिन सम्म धेरै ठुलो लाईन हुन्थ्यो र सबैलाई उनि राम्रो बाटो हिँड्नु, कसैको कुभलो नगर्नु, भ्रष्टाचार नगर्नु, आमालाई धेरै मायाँ गर्नु भनेर आशिर्वाद दिने गर्थिन्।

       सिलोककी धनि उनि  गाउँका सबैलाई सुख दुःखमा सिलोक सुनाएर हरेकको मुहारमा मुस्कान लेउन सफल हुन्थिन्।

        उनलाई उनका छोरा हरि प्रसाद बराल र एक बुहारी मुरली बराल ले करिब १५ बर्ष अघिनै धर्ती छोडेर गए तर पनि उनी १०७ बर्ष सम्म पनि नाति दुर्गा बरालको साथमा रमाएर शान्तिको बाटो देखाउदै बाँचिन।

        गाउँका जेष्ट नागरिक, समाजसेवी एवम् अग्रज बराल आमाले धर्ती छोडे पछि गाउँनै शोकमय भएको छ र उनको पार्थिक सरिरमा बिहान ७ बजे बाट मालावपन गरि अन्तेष्टि गरिने परिवार ले जानकारी दिएका छन्।Hajuraamaa.jpg


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend