Logo

मंगलवार, कार्तिक ११ गते २०८३

निर्वाचन आयोगको गाडीमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको रजाइँ !

निर्वाचन आयोगको गाडीमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको रजाइँ !

  • समाचार
  • बैशाख २८, २०८० बिहिवार १८:५५ बजे
  • 1.1K
    SHARES
  • काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले निर्वाचन आयोगको टाटा स्ट्रोम जिपमा बा १२ च ५२११ निजी नम्बर प्लेट राखेर प्रयोग गर्ने गरेको पाइएको छ ।

    २०७५ सालदेखि पोखरेलले निर्वाचन आयोगको सरकारी गाडीलाई निजी नम्बर प्लेट राखेर प्रयोग गरेका हुन् । उनी तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा उपप्रधानसहित रक्षा मन्त्रीको जिम्मेवारीमा थिए । पटक पटक सांसद र मन्त्री भएका पोखरेल पार्टीका वरिष्ठ उपाध्यक्ष रहेका छन् । सरकारी गाडीलाई निजी बनाई चढेको बारे सोध्दा आफू बैठकमा भएकाले पछि सोध्न पोखरेलले आग्रह गरे ।    

    उता निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री कार्यालयबाट सचिवको नै पत्र आएपछि गाडी दिएको थपलियाले बताए । तर, उनले निजी नम्बर प्लेट राखेको वा सरकारले राखेको भन्ने विषयमा जानकारी नभएको बताए ।

    तत्कालीन ओली नेतृत्वको सरकारमा उपप्रधान तथा रक्षामन्त्री भएका पोखरेल त्यतिबेला समेत विभिन्न विवादमा मुछिएका थिए । कोरोनाको चर्को महामारीका बेला स्वास्थ्य सामग्री खरिद प्रकरणमा ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल (ओबिसिआई) लाई एकल सुविधा दिएर अनियमितता गरेको आरोप लागेको थियो । त्यसबेला प्रचलित र अरु निकायले ल्याएको मूल्यभन्दा दोब्बर÷तेब्बर मूल्यमा मेडिकल सामग्री ल्याएको सार्वजनिक भएको थियो । 

    सत्तामा ओली भएकाले त्यतिबेला सबै विवाद सामसुम पारिएको थियो ।  नेपाल ट्रस्ट ऐन–२०६४’ लाई एक वर्षअघि नै संशोधन गराउँदै सोही संशोधनका आधारमा गोकर्ण फरेष्टलाई लिजको समयसीमा थप्ने खेलमा लागेर घोटाला गरेको आरोप लागेको थियो । 

     

     

    श्रोत : रातोपाटी

     

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend