काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जो जो अनुसन्धानमा देखिन्छन् तिनिहरुलाई प्रहरी प्रशासनले नछोड्ने र शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको बताए ।
उनले निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन र त्यसलाई निष्कर्षमा पुर्याउन प्रहरी प्रशासन लागिपरेको बताउँदै जे अनुसन्धानले देखाउँछ उनीहरुलाई प्रहरी प्रशासनले नछोड्ने उल्लेख गरे । दलका प्रमुख नेताहरुसँग निर्दोष फसाउनु हुँदैन र कुनैपनि पूर्वाग्रह राखेर पक्राउ गरिदैन भनेर आफूले प्रतिबद्धता जनाएको समेत श्रेष्ठले बताए । दोषी कोही पनि नछोड्न प्रहरीलाई स्ट्यान्डबाई रहन निर्देशन दिएको पनि मन्त्री श्रेष्ठले बताए ।
श्रोत : रातोपाटी