Logo

मंगलवार, कार्तिक ११ गते २०८३

विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी आयुब र रुपेशले जिते स्वर्ण

विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा नेपाली खेलाडी आयुब र रुपेशले जिते स्वर्ण

  • समाचार
  • बैशाख २६, २०८० मंगलवार २०:२२ बजे
  • 697
    SHARES
  • काठमाडौँ । नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् ।भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाएका छन् । 

    विश्व मिक्स बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा रुपेशले ७० केजी तौलसमूहमा स्वर्ण जितेका हुन् ।खेलाडीलाई बूढानीलकण्ठ नगरपालिका वडा ५ का सदस्य रणबहादुर तामाङ, प्रमुख प्रशिक्षक लामालगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend