Logo

मंगलवार, कार्तिक ११ गते २०८३

दुवै खुट्टा नभएका हरिबहादुर बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण

दुवै खुट्टा नभएका हरिबहादुर बुढामगरले गरे दोस्रो पटक मेरा पिक आरोहण

  • समाचार
  • बैशाख १९, २०८० मंगलवार १८:१९ बजे
  • 709
    SHARES
  • काठमाडौँ । पूर्व ब्रिटिस गोर्खा सैनिक हरिबहादुर बुढामगरले दोस्रो पटक मेरा पिक हिमाल सफल आरोहण गरेका छन् । बुढामगरले सगरमाथा आरोहणको अन्तिम तयारीका लागि दोस्रो पटक मेरा पिक आरोहण गरेका हुन् । 

    कृत्रिम खुट्टा लगाएर बुढामगरले गत अप्रिल १६ अप्रिल बिहान ९ः३० बजे ६ हजार ४७६ मिटर अग्लो मेरा चुचुरोको सफल आरोहण गरेका छन् । दुई पटक मेरा पिक चढिसकेपछि खुसी व्यक्त गर्दै न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले आफ्ना शुभचिन्तकहरुलाई धन्यवाद ज्ञापन गरे । 

    कृत्रिम खुट्टा लगाएर बेलायतको सबैभन्दा अग्लो पहाड चढ्ने पहिलो व्यक्तिको कीर्तिमानी आरोहीबाट आरोहणमा रेकर्ड राख्न थालेका बुढामगर पश्चिम युरोपको सबैभन्दा अग्लो मोन्ट ब्लांक (दुई जनाले सँगै), अफ्रिकाको सबैभन्दा अग्लो किलेमन्जारा र मेरा पिक ६ हजारभन्दा माथि चढ्ने पहिलो व्यक्तिसमेत हुन् । बुढामगर सगरमाथा आरोहणका लागि मौसमको अनुकूलता पर्खिएर सगरमाथा आधार शिविरमा बसेका छन् ।    

    घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका डबल एम्प्युटी (दुवै अंगविच्छेदन) बुढामगर सगरमाथा आरोहण गर्ने पहिलो डबल एम्प्युटी व्यक्तिको रेकर्ड राख्न आरोहणको अन्तिम तयारीमा छन् । अफगानिस्तानको लडाईंमा दुवै खुट्टा गुमाएका उनले साहसिक पर्यटनमार्फत एक पछि अर्को रेकर्ड राख्दै आएका छन् । 

     

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend