Logo

मंगलवार, कार्तिक ११ गते २०८३

पहिचानको राजनीति होइन, भँडुवा नीति हो : पूर्वप्रधानमन्त्री केपी ओली

पहिचानको राजनीति होइन, भँडुवा नीति हो : पूर्वप्रधानमन्त्री केपी ओली

  • समाचार
  • बैशाख १४, २०८० बिहिवार २२:४४ बजे
  • 589
    SHARES
  •   एमाले जिल्ला कमिटी इलामले आयोजना गरेको जिल्ला अधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन गर्दै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले गरिरहेको संस्कृति र शान्तिपूर्ण व्यवहारका विरुद्ध केही मानिसले हमला गर्ने र ढुङ्गा हान्ने गरेको बताएका छन् । उनले पहिचानको नाम गरेर हमला गर्ने, ढुङ्गा हान्ने काम राजनीति नभएर भँडुवा नीति भएको बताए ।

    अध्यक्ष ओली लगायतका नेतालाई पहिचानवादीले मेची राजमार्गमा अवरोध गरेका थिए । उनीहरूले इलाम बजारमा जुलुस तथा कालो झण्डा देखाएका थिए । प्रदर्शन र कालो झण्डा देखाउने नौ जनालाई प्रहरीले पक्राउ गरी छाडेको थियो । कोशी प्रदेश नामकरणको विरोधमा प्रदर्शनकारीले अध्यक्ष ओलीलगायतका नेता विरुद्ध नाराबाजी गरेका हुन् । 

     

    श्रोत : रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend